Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सशस्त्र प्रहरीमा जुनियर ब्याच एसपीमा बढुवा हुने भएपछि असन्तुष्टिको ‘आगो’

आईजीपी अर्याल भन्छन्- सिनियर डीएसपीको गुनासो स्वाभाविक छ तर आत्तिनु पर्दैन

admin
admin
July 13, 2022
सशस्त्र प्रहरीमा जुनियर ब्याच एसपीमा बढुवा हुने भएपछि असन्तुष्टिको ‘आगो’
500
SHARES
ShareTweetSubscribe

२९ असार काठमाडौं । आफूभन्दा पछि सेवामा प्रवेश गरेका अधिकृतहरू उप समूहका नाममा अगाडि बढुवा हुने भएपछि सशस्त्र प्रहरी बल–एपीएफमा असन्तुष्टिको आगो दन्किएको छ। पटक पटक बढुवामा अन्याय भोग्दै आएका डीएसपीहरू यस पटक संगठित रूपमै असन्तुष्टि पोखिरहेका छन् ।

उसै पनि सशस्त्र प्रहरीको सरुवा बढुवामा चरम व्यथित छ । राजनीतिक शक्ति हुनेहरू बढुवामा पर्ने र प्रधानमन्त्रीका नातेदार अधिकृतलाई बढुवा गर्न नियम नै संशोधन गरिएको प्रकरण सेलाउन नपाउँदै उपसमूहका नाममा पुनः सिनियर डीएसपीहरू पछि पारिन लागेका हुन् ।

सशस्त्र प्रहरी बलले हालसालै मात्र लेखा र कानुन उप समूहको रिक्त एसपी दरबन्दी पूर्तिका लागि आवेदन माग गरेको थियो। आफूहरूभन्दा पछि सेवा प्रवेश गरेकाहरू एसपी बन्ने भएपछि सिनियर डिएसपीहरूमा चर्को असन्तुष्टि बढेको हो ।

पूर्व आईजीपी कोषराज वन्तका पालामा सशस्त्र प्रहरी बलमा लेखा र कानुन उपसमूह गठन गरी त्यसमा दरबन्दी सृजना गरिएको थियो। त्यसअघि लेखा र कानुनको छुट्टै उपसमूह भन्ने थिएन ।

साधारण समूहमा सेवा प्रवेश गरेकाहरूलाई गोप्य रूपमा लेखाको तालिम गर्न लगाएर पछि गठन गरिएको लेखा समूहमा लगिएको थियो । यसै गरी कानुन पढेकाहरूलाई कानुनतर्फ लगिएको थियो। त्यसपछि कानुन र लेखा दुवैमा इन्स्पेक्टरदेखि एसएसपीसम्म दरबन्दी सृजना गरिएको थियो ।

अहिले सशस्त्र प्रहरीमा लेखा उपसमूहमा २ सय ५ र कानुन उपसमूहमा १४ दरबन्दी रहेको छ । लेखा उपसमूहतर्फ प्रहरी निरीक्षकमा ३५, डिएसपीमा १६, एसपीमा ५ र एसएसपीमा एउटा दरबन्दी रहेको छ ।

अन्य दरबन्दी असई र सईमा रहेको छ। यसै गरी कानुनतर्फ एउटा एसएसपी, २ वटा एसपी, ५ वटा डीएसपी र ६ वटा इन्स्पेक्टरको दरबन्दी छ। अहिले लेखामा एसपीको ४ र लेखाको एउटा दरबन्दी रिक्त रहेको छ ।

त्यही रिक्त दरबन्दीका लागि अहिले साधारण समूहबाट २०६१ सालमा सेवा प्रवेश गरेका अधिकृतहरू प्रत्याशी देखिएका छन्। जब की साधारण समूहमा २०६० सालमा सेवा प्रवेश गरेका ५५ जना अधिकृत अहिले डीएसपी नै छन्। तीनै डीएसपीहरूमा चरम असन्तुष्टि देखिएको छ ।

कुनै व्यक्तिको इन्ट्रेस्टमा गठन भएको उपसमूहका कारण संगठनको चेन अफ कमान्ड ध्वस्त भएको छ। हामीभन्दा भर्ना मितिले नै जुनियरहरुलाई अब सलाम ठोक्नुपर्ने अवस्था बन्यो’, एक डीएसपीले भने ।

नेपाल प्रहरीमा भने लेखाको छुट्टै उपसमूह भन्ने छैन ।

साधारण समूहबाट सेवा गरेकाहरूलाई तालिमका आधारमा लेखामा लग्ने गरिन्छ तर बढुवा हुँदा भने उनीहरूले साधारण समूहबाटै प्रवेश गरेका सबैसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । साधारण समूहमा जस्तो लेखा र कानुनको उप समूहमा बढुवाका लागि विशिष्ट तालिम गर्नु पर्दैन ।
सशस्त्र प्रहरीको साधारण समूहमा डीएसपीमा बढुवा हुन गुल्मपती तथा स्टाफ कोर्स, एसपीमा बढुवा हुन गणपति तालिम, एसएसपीमा बढुवा हुन हाइ लेभल म्यानेजमेन्ट तालिम र डीआईजीमा बढुवा हुन स्टाफ कलेज उत्तीर्ण हुन अनिवार्य हुन्छ ।

‘तर जसरी योजनाबद्ध रूपमा आसेपासेहरूलाई तालिम गराएर उप समूह गठन गरियो उनीहरूका लागि बढुवा हुन यी तालिम पनि आवश्यक हुँदैन । यसले संगठनका व्यावसायिक प्रहरी अधिकृतहरूमा निराशा पैदा गरेको छ’, ती डीएसपी भन्छन् ।

यसैबीच सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले आफूले पनि सिनियर डीएसपीहरुबाट गुनासो सुनेको बताए। उनले कसैमाथि अन्याय हुन नदिइने नेपाल प्रेसलाई बताए ।

अर्यालले भने–’यसो हेर्दा गुनासो स्वाभाविक देखिन्छ। तर लेखा र कानुन उपसमूहका अधिकृतहरू बढीमा एसएसपी मात्र बन्ने हो । त्यसभन्दा माथि दरबन्दी नै छैन ।’

उनले असन्तुष्ट डीएसपीहरूमा सबैभन्दा ठूलो भय हाल लेखा वा कानुन उपसमूहमा रहेकाहरू फेरी साधारणतर्फ फर्किन्छन् र आईजीपी बन्ने लाइनमा आउँछन् की भन्नेतर्फ रहेको पनि बताए ।

‘तर त्यस्तो हुँदैन । सेवा समूह परिवर्तन नहुने गरी ऐनमा व्यवस्था हुने छ’, आईजीपी अर्यालले भने ।

सशस्त्र प्रहरीमा लेखा वा कानुन उपसमूहका लागि डीआईजी वा एआईजीको दरबन्दी भविष्यमा सृजना नहोला भनेर नकार्न भने सकिन्न । निवर्तमान आईजीपी शैलेन्द्र खनालका पालामा लेखातर्फ एसपीको चार वटा दरबन्दी थपिएको थियो ।np

Previous Post

अन्तत: देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

Next Post

श्रीलंकाको संकटमा नया मोड: देश छाडेर भागेका राजापाक्षेले बनाए प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपति

admin

admin

Next Post
श्रीलंकाको संकटमा नया मोड: देश छाडेर भागेका राजापाक्षेले बनाए प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपति

श्रीलंकाको संकटमा नया मोड: देश छाडेर भागेका राजापाक्षेले बनाए प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपति

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.