Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

एसपी सरुवामा आइजीपीलाई सकस, अपराधिक समूह समेत लबिङमा

admin
admin
July 11, 2022
एसपी सरुवामा आइजीपीलाई सकस, अपराधिक समूह समेत लबिङमा
400
SHARES
ShareTweetSubscribe

२७ असार काठमाडौं । नेपाल प्रहरीले केही जिल्लाका एसपीहरुको सरुवा तयारी गरेको छ । डीआइजी र एसएसपी बढुवामा बालुवाटारको दबाबमा अशोक सिंह र ओम रानाजस्ता कारबाहीका लागि सिफारिस भएकाहरु  समेत परेपछि बिरोधको स्वर गुन्जिरहेको छ । एसपी सरुवामा समेत विवादित र पटक पटक इचार्ज पाएकाहरुलाई आकर्षक जिल्लामा सरुवा गर्न बालुवाटारले दबाब दिंदा आइजीपी धिरजप्रताप सिंह सकसमा परेका छन् ।

बारा, रौतहट, मकवानपुर, कपिलवस्तु जस्ता महत्वपूर्ण जिल्लाका एसपी एसएसपी बढुवा भएकाले ती जिल्लाका प्रहरी प्रमुख रिक्त भएका छन् । बागमती ट्राफिकका एसपी पनि एसएसपी बढुवा भएकाले रिक्त छ । सुनसरी, कास्की र बाँकेका एसपीको एक बर्ष पुगिसकेको छ । कास्कीका एसपी रमेश थापा त अमेरिका तालिममा गइसकेका छन् । यी जिल्लामा सरुवा हुनका लागि एसपीहरुले शक्तिकेन्द्रमा चर्को दौडधूप सुरु गरेका छन् ।

एसपी सरुवाका लागि सबैभन्दा चर्को भिडन्त कास्कीका लागि देखिएको छ । कास्कीमा सरुवा हुनका लागि एसपी अजय केसी, गंगा पन्त, दिपशमशेर जबरादेखि होविन्द्र बोगटीसम्म लागेका छन् । यी एसपीहरु पाए कास्की नपाए बाँके र बाराका लागि लागेका छन् । सन्तोषसिंह राठौर बाँकेको एसपी हुन आरजु राणाका पीए प्रकाश देउवामार्फत् दबाब सृजना गरिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अजय केसीले एक आयुक्तकै नाम लिएर कास्कीमा सरुवा पक्का भइसकेको भन्दैआएका छन् । विश्व पोखरेललाई आइजीपी नियुक्त गर्न खुलेआम लागेकाले पनि आइजीपी धिरजप्रताप सिंह केसीलाई कास्कीमा पठाउने पक्षमा छैनन् । उनी दीपशमशेर जबरालाई कास्कीको एसपीमा पठाउने पक्षमा छन् । तर केसी चौतर्फी दबाब सृजना गरी कास्कीमा सरुवा हुने दाउमा छन् । पोखरामा अपराध र गुण्डागर्दीमा बदनाम एलजी समूहले समेत केसीलाई सरुवा गराउन कांग्रेस नेताहरुलाई परिचालन गरेको स्रोतले बताएको छ । एलजी समूहले केसीलाई लगेर पोखरामा आफ्नो गुण्डागर्दी र असुली धन्दा निर्वाध चलाउन चाहिरहेको छ । केसीले पोखराका कांग्रेसका नेताहरु समेत आफ्नो पक्षमा परिचालन गरी सरुवाको माहौल बनाएका छन् ।

यसअघि एमाले नेता महेश बस्नेतका निकट उनी अहिले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नाता पर्ने भन्ने गर्दछन् । केपी ओलीको सरकार गठन हुनासाथ महेश बस्नेतले नै उनलाई नवलपरासीमा सरुवा गरेका थिए । महेशपुर लगायतका परासीका नाकाबाट सुपारी र केराउ भारत तस्करी गर्ने बस्नेतको सेटिङ चलाउन उनलाई सरुवा गरिएको थियो । उनले ती नाकाबाट केराउ र सुपारी तस्करी गरेको बिषय भारतीय संचारमाध्यमले समेत भिडियोसहित त्यतिबेला सार्वजनिक गरेका थिए ।

सन्तोषसिंह राठौर बााँकेमा जानका लागि बालुवाटार धाइरहेका छन् । सर्लाहीमा एसपी हुँदा सीडीओ बाबुराम खतिवडा र सशस्त्रका एसपी गंगाराम श्रेष्ठसँगै बसेर जुवा खेलेको भिडियो सार्वजनिक भएपछि राठौर कारबाहीस्वरुप सरुवा भएका थिए ।

सुनसरीमा सरुवा हुनका लागि गृहमन्त्रालयका प्रभु ढकाल लागेका छन् । मकवानपुरमा सरुवाका लागि वीरबहादुर ओलीले चाहना राखेका छन् । उनी हाल हेटौंडा गणमा कार्यरत छन् । कपिलवस्तुमा सरुवा हुनका लागि दंगागण सुनवलका रामेश्वर कार्की लागेका छन् । धनुषामा डीएसपी हुँदा उनी घुसकाण्डमा तानिएका थिए । रौतहटको एसपीका लागि प्रकाश रानाभाट नेकपा समाजवादीका नेतादेखि धनुषाका कांग्रेस नेता महेन्द्र यादवको मन जित्न खोजिरहेका छन् । उनी विभिन्न काण्डमा परेपछि धन्ुषाको एसपी हुँदा तानिएका थिए । त्यसो त उनी बागमती प्रदेश ट्राफिकको प्रमुख हुँदा पनि विवादमा तानिएका थिए । नेपालफेस

Previous Post

नदीमा दाजुभाइको शव फेला

Next Post

टिपरभित्र किशोरीलाई बलात्कार गर्ने चालक प्रहरी द्वारा पक्राउ

admin

admin

Next Post
टिपरभित्र किशोरीलाई बलात्कार गर्ने चालक प्रहरी द्वारा पक्राउ

टिपरभित्र किशोरीलाई बलात्कार गर्ने चालक प्रहरी द्वारा पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.