Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

केही मन्त्री बिदा लिनै गएनन् किन ?

admin
admin
July 9, 2022
केही मन्त्री बिदा लिनै गएनन् किन ?
350
SHARES
ShareTweetSubscribe

पदबहाली गर्दा पारिवारिक र न्यानोपन देखाउनु तर साढे आठ महिनामा पदमुक्त हुँदा बिदाइसम्म लिन हिच्किचाउनुको कारण के होला ? सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा खासखुस चल्यो । जति दिन सकिन्छ त्यति दिन कमाउ धन्दामा लाग्ने बानीका कारण अस्तिदेखि अवकाश पाएकी भौतिक योजना तथा यातायातमन्त्री रेणु यादव बिदाइ लिन मन्त्रालय गइनन् । बरु, घर जानुअघि दिउँसो यातायातका डिजी नवराज घिमिरेलाई हटाएर सुरेश राउतलाई नियुक्ति दिँदै थिइन् ।

औपचारिक रुपमै बिदाइ लिन मौखिक आग्रह गरिए पनि उनी सिंहदरबार छिर्न सकिनन् । त्यहाँ सचिव, सहसचिव, विभागका डिजी, आयोजना प्रमुख फेर्दा रकमको राम्रै मोलमोलाइ चल्यो । जसपाभित्र प्रभावशाली नेत्री रेणुमाथि मन्त्रालय सम्हालेदेखि नै डिजी चलाउने, डिइ हेरफेर गर्ने, आयोजना प्रमुखसँग बार्गेनिङ गर्ने, अनधिकृत ठेकेदारलाई बिचौलियाको रूपमा खडा गर्ने काममा लागेको आरोप छ । एक सय ४५ अर्बको बजेट चलाउने मन्त्रालयलाई दुहुनो गाई बनाउन उनी पछि परिनन् भनिन्छ ।

बहुतै कम मात्र कार्यालय आउने र निजी निवास शान्तिनगर र पुल्चोकस्थित मन्त्री क्वार्टरबाटै मन्त्रालय चलाउने, सरुवा तथा पदस्थापनलाई नै प्राथमिकता दिने काममा उनी लागिरहिन् । यसै क्रममा सडक विभागका डिजी अर्जुनजंग थापालाई मन्त्रालयमा तानेर सो ठाउँमा शिवहरि सापकोटालाई डिजी बनाइन् । रोजिएका डिडिजीलाई आकर्षक ठाउँमा जिम्मेवारी दिइन् ।

शिवहरिले अवकाश पाएसँगै सो ठाउँमा पुनः अर्जुनजंगलाई लगेर सचिवमा गोपाल सिग्देललाई ल्याइन् । निजी सचिवमा उपेन्द्र यादवले खटाएका विद्यार्थी नेता अशोक यादवलाई बेवास्ता गर्दै रेडियो नेपालका पूर्वकर्मचारी कृष्णदेव रायलाई उठ्तीपुठ्तीमा सामेल गराइन् । यस्तै, बिचौलियाका रूपमा ठेकेदार राजकिशोर गुप्तालाई पनि प्रयोग गरिन् ।

जाँदाजाँदै यातायातका नवराज घिमिरेलाई वन मन्त्रालयमा पठाएर सामान्य प्रशासनको जगेडामा रहेका सुरेश राउतलाई यातायातमा ल्याइन् । विजय गच्छदार भौतिक तथा निर्माणमन्त्री हुँदा उपेन्द्र यादवले सो मन्त्रालयलाई मालदार मन्त्रालय भन्ने गर्थे । यसरी रेणुले पनि मालदार मन्त्रालयबाट माल त कमाइन् तर सम्मानचाहिँ कमाउन सकिनन् ।

उता, वन मन्त्रालयबाट बहिर्गमन भएका रामसहायप्रसाद यादवलाई भने भव्य बिदाइ गरिएको छ । शालीन र लोभलालचमा त्यति नफस्ने यादवलाई सहज मन्त्रीका रुपमा कर्मचारीले लिए । यता, नवनियुक्त वनमन्त्री प्रदीप यादवबारे साइकलसँग जोडिएको एउटा किस्सा रोचक छ । गएका २ यादव मन्त्रीको तुलना गर्दा नै प्रष्ट हुन्छ– लेनदेन र असुलीलाई प्राथमिकता दिएपछि बिदाइमा सामेल हुने नैतिक साहस गुमाइँदो रहेछ । सा.जनआस्था

– राजकुमार रायबाट

Post Views: 83
Previous Post

रौतहटमा  बालिकाको अपहरण , अपहरणकारी प्रहरि नियन्त्रणमा

Next Post

बुढीगंगा चौथो वडामा पनि एमाले विजयी

admin

admin

Next Post
बुढीगंगा चौथो वडामा पनि एमाले विजयी

बुढीगंगा चौथो वडामा पनि एमाले विजयी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.