२४ असार काठमाण्डौ । अहिले बसेको न्यायपरिषद बैठकले उच्च अदालत दाङ्ग,तुल्सिपुरको बुटवल इजलासकी न्यायाधीश रेणुकुमारी साहलाई बर्खास्त गरेको छ । पूर्वप्रधानन्यायाधीश रामप्रसाद साहकी छोरी उनले योग्यता ढाँटेर न्यायाधीश नियुक्ति लिएको पाइएपछि आज बसेको न्यायपरिषद बैठकले सेवाबाट हटाउने निर्णय गरेको हो ।
संविधानमा न्यायाधीश नियुक्तिका लागि निरन्तर कानुन व्यवसाय गरेको हुनुपर्ने व्यवस्था छ । तर, रेणु नेपाल सरकारबाट अनुदानप्राप्त संस्था सिटिइभिटीकी पूर्णकालिन कर्मचारी हुन् । उनले आफ्नो योग्यता ढाँटेर शक्तिको आडमा न्यायाधीश बनेको ठहर गर्दै न्यायपरिषदले स्पस्टिकरण चित्तबुझ्दो नपाएको आधारमा बर्खास्तीको निर्णय गरेको हो ।
न्यायपरिषद बैठकले उनलाई कारवाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको कानुन मन्त्री गोविन्द बन्दीले जानकारी दिनुभएको छ । आजै जिल्ला न्यायाधीश बन्न इच्छुक उम्मेदवारहरुसङ्ग एक हप्ताभित्र आवेदन माग्ने निर्णयसमेत भएको छ ।
प्रतिक्रिया दिनुहोस् !