<span;>२४ असार काठमाण्डौ । नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवासंघका केन्द्रीय सचिवालय सदस्य टीकाराम नेपाली बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक महिलाको जाहेरीका आधारमा प्रहरीले उनलाई आज समातेको हो ।
२५ वर्षीय ती युवतीले आफूलाई नेपालीले जवर्जस्ती गरेको भन्दै हिजो प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसैका आधारमा प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले ठमेलको होटल एक्सेसबाट उनलाई समातेको हो ।
उनीविरुद्ध जबरजस्ती करणी कसूरमा जाहेरी दर्ता भइसकेको वृत्तको मुद्दा शाखाले जनाएको छ । हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका नेपाली नेकपा एसका धादिङ जिल्ला कमिटी सदस्य पनि हुन् ।
प्रतिक्रिया दिनुहोस् !