२४ असार बारा । रोपाई शुरू भइसक्दा पनि सरकारले किसानलाई रसायनिक मल उपलब्ध गराउन नसकेको भन्दै किसानको समर्थनमा आज युवाहरूले बारा सदरमुकाम कलैयामा प्रदर्शन गरेका छन ।
कलैयाको सिद्धेश्वर बिधालयबाट नेपाली काङ्ग्रेसका जिल्ला सचिव राजेश रौनियारको अगुआईमा प्लेकार्ड सहितनिस्केको बृहद जुलुसले कृषकलाई यथासिघ्र मल उपलब्ध गराउ , किसानले भारतिय सीमावर्ती बजारबाट खरिदगरी ल्याएको मल खोसिदिने प्रहरि बिरूद्व चर्को नाराबाजी गरेका छन ।
प्रदर्शनपछि भरतचौकमा गरिएको कोणसभामा नेपाली कांग्रेसकका सचिव समेत रहेका रौनियारले यही सरकार र खासगरी कृषि मन्त्रालयले किसानलाई यथासिघ्र मल उपलब्ध न गराए चरणबद्वरूपमा आन्दोलन गर्ने बताए । कोणसभामा युवानेताहरूले समयमा मल उपलब्ध न गराउने सरकारको चर्को आलोचना गरे ।
किसान जागरण अभियान नामबाट शुरूगरिएको आन्दोलनमा नेपाली कांग्रेस निकट युवाको जबरजस्त सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !