२४ असार काठमाण्डौ । राजनीतिक दलका नेता, सांसद,अभिनेताहरुको गोप्य वार्तालाप र भिडियो छरपष्ट भइरहेको बेला एउटा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र मोडलबीच भएको यौन लीलाले बजार गर्माएको छ । उनीहरुबीच काठमाडौंको सिनामंगलमा उक्त हर्कत भएको बताइन्छ ।
विशेषगरी बैंकरहरुबीच भएको ट्वीट आदानप्रदानमा उक्त विषयले महत्व पाएको हो । तुलनात्मक रुपमा नेपालमा धेरै मासिक तलबभत्ता बुझ्ने र आरामदायी जीवन बिताउने भएकाले पनि युवती,अभिनेत्री तथा मोडलहरुको रोजाईमा बैंकका सीईओ र कर्मचारीहरु परेका हुन् ।
कुमारी बैंकका तत्कालीन सिइओ उदयकृष्ण उपाध्याय कोटेश्वरको एउटा रेष्टुरेण्टमा युवतीसँग रोमान्स गरेको अवस्थामा दिउँसै पक्राउ परेका थिए । उनले प्रहरीमा आफ्नो नाम ढाँटेर अर्कै राखिदिँदा उक्त नामसँग मेल खाने सानिमा बैंकका सिइओ भुवन दाहालले उपाध्यायको वास्तविकता बाहिर नआउँदासम्म सास्ती खेप्नुपरेको थियो ।
अहिले दिनेश आइडी भएका दिनेशकाजीले गरेको त्यस्तै ट्वीट् बैंकरहरुबीच भाइरल भएको छ । उनले लेखेका छन्, ‘एउटा बैंकर (सिइओ) र एउटी मोडलको यौनलीला भएको सिनामंगल काण्ड बाहिर आएको हल्ला सुनेको सुन्यै छु । लौ न कसैलाई थाहा छ ? अन्यौलमा पो परियो त !’
उनको ट्वीट्मा अर्का एक जनाले जवाफ लेखेका छन्, ‘नेपाल राष्ट्र बैंकतिर आइसक्यो कि नाइँ ?’
बैंकका अर्का एक जना रंगिला सिइओले उक्त हर्कत गरेको आशंका गर्ने दिनेश पनि सञ्चारकर्मी नै हुन् जो अहिले सेयरबजार साप्ताहिकका सम्पादक र प्रकाशक छन् । उनी पछिल्लो दिन पुँजी बजारमासमेत लगानीकर्ताको रुपमा सक्रिय छन् । साथै, एलिट क्यापिटल लिमिटेडका अध्यक्ष हुन् ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !