२४ असार काठमाडौँ । शुक्रबारदेखि सरकारी खाताबाट भुक्तानी रोकिने भएको छ।
महालेखा नियन्त्रक कार्यालयले सूचना जारी गर्दै आर्थिक वर्ष सकिनु सात दिन अघिदेखि भुक्तानी नहुने जनाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा नियमावलीको नियम ३० को उपनियम १ र २ मा संघीय सरकारी खर्चबारे उल्लेख गरिएको छ।
यस्तै उपनियम ७ र ८ मा स्थानीय तह र प्रदेश सरकारको भुक्तानीबारेमा उल्लेख गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसअनुसार प्रदेश र स्थानीय सरकारको खाताबाट पनि शुक्रबारदेखि भुक्तानी बन्द हुनेछ।
हरेक आर्थिक वर्ष अन्त्यतिर सरकारी खर्च बढाउने र बढी भुक्तानी गर्ने प्रवृत्ति यो वर्ष पनि देखिएको छ। हाल सरकारी खाताबाट दैनिक १५ अर्ब रूपैयाँभन्दा बढी भुक्तानी भएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस् !