२३ असार काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने निश्चित भएको छ । उहाँ चार दिने भ्रमणमा आउन लाग्नुभएको हो ।
चिनियाँ पाहुनाले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुखलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट हुनेगरि तयारी गरिएको चिनियाँ पक्षले बताएको छ ।
परराष्ट्र मन्त्रालयले पनि उहाँको भ्रमण पुष्टि गरेको छ । तर सबै विषयबारे टुंगो लागिनसकेको स्रोतले जानकारी गरायो ।
हालै विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका जियानचाओले एमाले र माओवादी अध्यक्ष तथा परराष्ट्रमन्त्रीसँग भर्चुअल सम्वाद गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस् !