२३ असार काठमाण्डौ । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ४८ वर्षको उमेरमा पुनः विवाह गरेका छन् । राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवासमा आफूभन्दा १६ वर्ष कान्छी ३२ वर्षीया गुरप्रीत कौरसँग दोस्रो लगनगाँठो कसेका हुन् ।
विवाह समारोहमा मुख्यमन्त्री केजरीवाल पिताको भूमिकामा देखिएका थिए । दुलाहाका परिवार पनि बिहेमा सहभागी थिए । सीमित पाहुनालाई मात्रै निमन्त्रणा थियो ।
समाचारमा जनाइअनुसार उनीहरुको चार वर्षअघि भएको भेटपछि हिमचिम बढेको हो । चार वर्षको प्रेम सम्बन्धलाई भगवन्त मानले मुख्यमन्त्रीमा विजयी भएपछि विवाहमा परिणत गरेका हुन् । भगवन्तले सन् २०१५ मा यसअघिकी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए ।
गुरप्रीत कौर पेशाले चिकित्सक हुन् ।
प्रतिक्रिया दिनुहोस् !