Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

तोमर यता, ‘र’ का सामन्तको म्याद थप उता

admin
admin
July 7, 2022
तोमर यता, ‘र’ का सामन्तको म्याद थप उता
400
SHARES
ShareTweetSubscribe

२३ असार काठमाण्डौ । जहाज चढे हल्लाखल्ला हुन्छ भनेर भारतीय गुप्तचरहरु छापामार शैलीमा गाडीबाटै नेपाल छिर्ने क्रम जारी छ । यसक्रममा ‘रअ’ का उपप्रमुख शशिभुषणसिंह (एसबिएस) तोमर र प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार समूहका उपप्रमुख विक्रम मिश्रीसहितको टोली काठमाडौं भित्रिएको छ ।

परराष्ट्र स्रोतका अनुसार, तीन जनाको टोली वीरगञ्ज हुँदै असार ६ गते काठमाडौं भित्रियो र ५ दिनसम्म काठमाडौं बसेर ११ गते फर्किएको छ । उक्त टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका वरिष्ठ नेताहरु, प्रधानमन्त्रीका विश्वासिला मन्त्री र मधेशवादी दलका केही नेतासँग भेट गरेको थियो ।

उक्त टोलीले ९ गते बेलुका कलंकीको घरैमा गएर कामु प्रधानन्यायाधीश दिपक कार्की र केही वरिष्ठ अधिवक्ताहरुसँग पनि भेट ग¥यो । संगम होटलमा बसेको टोलीले हायात र मेरियटमा विभिन्न व्यक्तिसँग भेटघाट गरेको हो ।

कतिपय नेतासँग भने घरघरमै भेट्न गएको थियो । उक्त टोलीले निजगढ विमानस्थलको निर्माणले बिहार राज्यको आर्थिक अवस्थालाई असर पार्ने र मधेश प्रदेशमा चीनको घुसपैठ बढ्ने राय प्रकट गरेको भेटेमध्येकी एक नेतृले बताइन ।

सो टोलीले होटल मल्लमा कांग्रेस नेता शेखर कोइरालासँग भेटेको कुरा अमरेशकुमार सिंहले वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई सुनाएका छन् । उनले भनेअनुसार, टोलीले रामचन्द्र पौडेल, सुजाता कोइराला, महन्थ ठाकुर र प्रचण्डसँग भेट गरेको थियो ।

तोमरसँगै आएका विक्रम मिश्री चीनमा तीन वर्ष राजदूत रहिसकेका र ६ महिनाअघि मात्र सल्लाहकार समूहमा छिरेका थिए । तोमर आफैँमा पीडित हुन् । अहिले उनी ‘रअ’ को प्रमुख हुनेमा आशावादी थिए । तर, उनी नेपालमै भएको बेला हालकै प्रमुख सामन्तकुमार गोयलको म्याद थपियो ।

जबकि गोयलसँगै एकै दिन घर जाने आन्तरिक जासुसी संस्था आइबीका प्रमुख अरविन्दकुमार पनि एक वर्ष म्याद थपिनेमा ढुक्क थिए । तर, न तोमरको सपना पूरा भयो न त अरविन्दले नै थप सेवा गर्न पाए ।

सन् १९८७ को पुलिस अफिसर (आइपिएस अफिसर) ब्याचका एसएस राजन र स्वागत दासलाई पछि पार्दै उनकै साथी तपन डेकालाई जुन २४ का दिन इन्टेलिजेन्स व्युरो प्रमुखमा दुई वर्षका लागि नियुक्त गरिएको छ ।जनआस्था

Previous Post

पर्सा प्रहरिको ठुलो सफलता, २ सय ७० केजी लागुऔषध गाजा सहित दुई भारतिय नारिक नियन्त्रणमा

Next Post

पञ्जाबका मुख्यमन्त्रीको १६ वर्ष कान्छीसँग दोस्रो बिहे

admin

admin

Next Post
पञ्जाबका मुख्यमन्त्रीको १६ वर्ष कान्छीसँग दोस्रो बिहे

पञ्जाबका मुख्यमन्त्रीको १६ वर्ष कान्छीसँग दोस्रो बिहे

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.