२३ असार काठमाण्डौ । कमल थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष र महासचिव राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन्।
राप्रपा नेपालको भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका हुन्।
राप्रपा अध्यक्ष लिङ्देनले रजवारलाई आज राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए। उक्त विद्यार्थी संगठनको महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गरेका छन्।
केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरेका थिए।
संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति पनि हुन्।
प्रतिक्रिया दिनुहोस् !