२३ असार बारा । अस्थायी प्रहरी पोष्ट कचोर्वाले बुधबार राती छोडेको चिनी बोकेको गाडी जिल्ला प्रहरि कार्यालय बाराको टोलीले कोल्हबीबाट नियन्त्रणमा लिएको छ ।
रौतहटको बंकुलबाट पिकप गाडीमा लोड गरी ल्याउदै गरेको पिकप पहिला कचोर्वा प्रहरीले रोकेर छोडेको र पछि जिल्ला प्रहरीको क्राईम टोलीले पक्रेको हो ।
तर जिल्ला प्रहरि कार्यालयले आधिकारिक जानकारी दिएको छैन ।
यसबारे इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक सन्तोष कुमार दाहालले मैले पनि सुनेको छु तर काहाबाट पक्रेको हो थाहा छैन ‘ जिल्लामा प्रवक्तालाई सोध्नुस।
स्मरणरहोस उनकै एरियाबाट समान बरामद भएको हो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि उनकै सेटिङमा त तस्करिको धन्दा चलीरहेको त थिएन ? प्रहरीको कन्ट्रोलमा बुझ्नखोज्दा जानकारी छैन , त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक राजेश थापासँग सम्पर्क गर्दा समान बरामद भएको पुष्टि गर्दै एकछिनमा मेलमा डिटेल पठाइदिने भनिएपनि यो समाचार तैयार पार्दासम्म मेल आएको छैन ।
अरूबेला जिल्ला प्रहरी कार्यालय बाराले आफ्नो अनुकुलको समाचार छिटो उपलब्ध गराउनु र राती नै बरामद गरैको समान सार्वजनिक न गर्नले कतै समान छोडन शक्तीकेन्द्रको दबाब त छैन ?
नेपालमा चिनीको मूल्य बढेसंगै रौतहटको बंकुल बाराको कचोर्वा सिम्रौनगढ सिमा नाकाबाट चिनी, कपडा लगायतको तस्करी बढेको स्थानीयले बताएका छन ।
प्रतिक्रिया दिनुहोस् !