Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा

admin
admin
July 7, 2022
अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा
250
SHARES
ShareTweetSubscribe

२३ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका छन् ।

यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामामा छन् । संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसी पूर्वानिर्धारित कार्यक्रम अनुसार भारतको भ्रमणमा छन् ।
असार मसान्तको नजिकमा अर्थ मन्त्रालय मूल नेतृत्वविहीन हुँदा मन्त्रालयभित्र पनि अन्योलको वातावरण छ । श्रीमती बिरामी भएको भन्दै विदामा बसेका सचिव मरासिनी मन्त्रीको राजीनामा आएकाले आकस्मिक विदा छोट्याएर फर्किने सम्भावना छ । तर, निश्चित भइसकेको छैन ।
चालु आर्थिक वर्ष २०७८/७९को पुँजीगत खर्च सोमबारसम्म ४२.५१ प्रतिशत मात्र भएको छ । राजस्व संकलनको लक्ष्य भेटाउन समेत अबको एक सातामा लक्ष्यको १७ प्रतिशत प्रगति प्राप्त गर्नुपर्नेछ ।
यस अवस्थामा मन्त्रालयको नियमित काममा असर पर्ने डर अर्थ मन्त्रालयभित्रै छ । अर्थ मामिलाका जानकारहरु पनि आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुआत हुने समयमा अर्थ मन्त्रालयमा मूल नेतृत्व नभए विभिन्न प्राविधिक समस्या तथा नीतिगत अड्चन पर्ने बताउँछन् ।

अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव तथा प्रवक्ता ढुण्डी प्रसाद निरौलाको मत भने फरक छ । ‘एक दिनको बिदाले काममा असर गर्दैन, सचिवज्यूले मंगलबारका लागि स्वास्थ्यका कारण बिदा लिनु भएको हो र भोलि ठीक भएमा आउने जानकारी पीए शाखालाई गराउनु भएको छ,’ उनले भने ।
राजस्व सचिव र संस्थान समन्वय महाशाखा प्रमुख समेत पूर्वनिर्धारित कार्यक्रम अनुसार कार्यक्रममा सहभागी भइरहेको भन्दै उनले अन्य सहसचिवहरु भने बिदामा नबसेको जानकारी दिए ।

उनकाअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार हरेक उत्तरदायी अधिकारीले आफ्नो अनुपस्थितिमा तोकिएको जिम्मेवारी सुम्पनु पर्छ । ती अधिकारीको अनुपस्थितिमा तोकिएका अधिकारीले काम गर्न सक्छन् । सोही कारण अर्थ मन्त्रालय भित्रको प्रणालीले विना अवरोध काम गर्ने निरौलाले बताए । ‘सचिवज्यू बिदामा बस्दा मुख्य सचिवलाई जानकारी गराउनु पर्छ,’ उनले भने, ‘त्यसबेला नै उहाँको अनुपस्थितिमा काम गर्ने जिम्मेवारी अर्को अधिकारीलाई तोकिने भएकाले प्रणालीले नियमित काम गर्छ, खासै प्रभाव पर्दैन ।’

अर्कोतर्फ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालय आर्थिक वर्षको अन्तिममा बढी व्यस्त हुन्छ । कार्यालयमा अर्का सचिव महालेखा नियन्त्रक सुमनराज अर्यालले नियमित काम गरिरहेका छन् । आर्थिक वर्षको अन्तिममा हुनुपर्ने भुक्तानीमा देखापरेका बाधा अड्चन उनी आफैंले फुकुवा गरी कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई अख्तियारी प्रदान गर्न सक्छन् ।

पूर्वसचिव लालशंकर घिमिरे समेत मन्त्री वा सचिव अनुपस्थित हुँदैमा ‘आकास नखस्ने’ बताउँछन् । ‘मन्त्रीले राजीनामा गरे अर्को आउलान्, उनी नभए पनि अर्थको नियमित काम रोकिन्न, सचिव नहुँदा अर्को मान्छेलाई स्वतः जिम्मेवारी तोक्ने परिपाटी हुन्छ,’ उनले भने ।अख

Previous Post

आधा दर्जन एसएसपीको सरुवा, काठमाडौँमा बोहोरा

Next Post

दोस्रो एकदिवसीय खेलमा नेपाल क्यानडासंग ८३ रनले पराजित

admin

admin

Next Post
दोस्रो एकदिवसीय खेलमा नेपाल क्यानडासंग ८३ रनले पराजित

दोस्रो एकदिवसीय खेलमा नेपाल क्यानडासंग ८३ रनले पराजित

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.