२२ असार काठमाण्डौ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ।
आज बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय/प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेका हुन्।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मंसिर २ मा चुनाव गर्न आयोगले प्रस्ताव गरेको हो।
प्रतिक्रिया दिनुहोस् !