२२ असार बीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ठुलो परिमाणमा लागु औषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ९० केजी लागु औषध गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत उतरप्रदेश गोपालपुरका ३० बर्षिय रबिकान्त भारती र बिहारका बेतिया निवासी २८ बर्षिय सुनिल भारतीलाई पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय पर्साले जनाएको छ।
उनिहरूलाई मंगलबार दिउसो बीरगञ्ज महानगरपालिका २८ को बगहीबाट प्रदेश प्रहरि कार्यालय र जिल्ला प्रहरि कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
बिशेष सूचना पाए लगत्तै प्रहरि परिचालन गरी भारतिय नम्बरको इन्डिगो कारमा सवार दुईजनालाई गाडिको सिट र डिकिमा लुकाएको अवस्थामा ९० किलो गाँजासहित पक्राउ गर्न प्रहरि सफल भएको हो ।
पक्राउ परेकाहरुलाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !