२२ असार काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा आज पनि सबेरै खुमलटार पुग्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आधा घण्टा कुराकानी गरेर उहाँ ८ बजे बाहिरिनुभएको छ । बजेट तर्जुमाको क्रममा असम्बन्धित व्यक्तिलाई जेठ १४ गते राति मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेकोलगायत गैरजिम्मेवार कार्य गरेको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्री शर्माले दिनहुँ अध्यक्ष दाहाललाई भेट गर्दै आउनुभएको छ ।
हिजो साँझ सोही विषयमा दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा कुराकानी गर्नुभएको स्रोतको दाबी छ । अर्थमन्त्री शर्मालाई पदमुक्त गराउन चौतर्फी दबाब प्रधानमन्त्रीलाई परेको छ ।
महिलाले मासिक रजश्वलाको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा प्रधानमन्त्रीका छोरा जयवीर देउवालाई अनुकूल हुनेगरी बजेटमा व्यवस्था गरिएको लगायत विषयले पनि प्रधानमन्त्री शर्मासँग टाढा हुन नचाहेको एकथरि काँग्रेसीको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस् !