२१ असार, बीरगञ्ज। नक्कली नोटसहित सर्लाहीका दुई युवक प्रहरीको फन्दामा परेका छन ।
इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ का २६ वर्षीय प्रमोद ठाकुर र सोही स्थानका २५ वर्षीय गङ्गाकुमार यादवलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले ठाकुर र यादवलाई एक हजार दरको २७ थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका ठाकुर र यादवलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद–२२ को मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस् !