२० असार चितवन । चितवनबाट सवारी चालक अनुमतिपत्र लाइसेन्स निकाल्न अझै एक महिना लाग्ने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले साउन दोस्रो सातापछि सुरु गर्ने गरी काम भइरहेको जानकारी दिएको छ । ट्रायल सेन्टर छनोट गर्दा विवाद उत्पन्न भएपछि रोकिएको प्रकृया पुनः सुरु भएको छ । अव लाइसेन्स वितरणका लागि प्रयोगात्मक परीक्षा लिने बाटो खुलेको छ ।
यातायात व्यवस्ता सेवा कार्यालयले अब असार २३ गते आर्थिक प्रस्ताब खोल्ने भएको छ । यसअघि असार अन्तिम साता ट्रायल लिन थालिने वताइएकोमा मुख्यमन्त्रीको कार्यालयको निर्देशनमा आर्थिक प्रस्ताव खोल्ने सूचना जेठ ३१ गते स्थगित भएको थियो ।
चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनेर ६ वटा ट्रायल सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङकन हुँदा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरु ड्राइभिङ छनोटमा परेका छन् ।
अब उनिहरुले पेस गरेको आर्थिक प्रस्ताब खोलेर मूल्याङकन गरिनेछ । आर्थिक मूल्याङकनमा छनोटमा परेको ट्रायल सेन्टरलाई सम्झौता गर्न आउने भनी १५ दिनको सूचना दिइनेछ । त्यसपछि कर्मचारीको व्यवस्थापन गरि काम सुरु गरिने यातायात व्यवस्था सेवा कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस् !