एजेन्सी
डेनमार्कको राजधानी कोपेनहेगनमा भएको गोली हानाहानमा कम्तीमा तीन जनाको ज्यान गाएको छ । स्थानीय एउटा सपिङ मलमा भएको बन्दुक आक्रमणमा उनीहरुको ज्यान गएको प्रहरीको भनाइ छ ।
घटनामा अन्य धेरै घाइते भएका छन् । कम्तीमा अरु चार जनाको अवस्था गम्भीर छ । शहरको दक्षिणमा रहेको फिल्डको मलभित्र गोली चलेपछि आतंक र भागदौड मच्चिएको थियो । २२ वर्षीय एक युवाले अन्धाधुन्ध गोली प्रहार गरेपछि नजिकैको कन्सर्ट स्थगित भएको छ ।
आक्रमणकारीको परिचय गोप्य राखिए पनि उनलाई पक्रेर अदालतमा बुझाइएको त्यहाँको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस् !