<span;>१९ असार काठमाण्डौ । काठमाडौंको पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ।
<span;>आइतबार राति पुतलीसडकस्थित गणेश गल्लीमा रहेको एक घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
आगलागी कसरी भएको हो भन्ने खुलेको छैन। अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
आगो निभाउन दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ। नेपाल प्रहरी, नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ।
मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
‘ठूलै आगलागी भएको छ,’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘निभाउन लागि परेका छौं।’
प्रतिक्रिया दिनुहोस् !