१८ असार जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिकाकाे बागजाले पाटनमा चट्याङले ८० भेडाबाख्रा मरेका छन्। हिजाे दिउसाे ३ बजे पातारासीकाे बागजाले पाटनमा परेकाे चट्याङले ८० भेडाबाख्रा मरेकाे पातारासी गाउँपालिकाका पशु प्राविधिक हरि कामीले जानकारि दिएका छन्।
पातारासी गाउपालिका ४ लुम गाउँका ५ जना भेडापालक कृषकका भेडा मरेका हुन। बथानमा भएका ३८० मध्ये ८० भेडा मरेका छन् भने ३०० सय भेडा हराइरहेको छ्। पातारासी ४ लुमका जाेरा राेकायाका भेडा १८, राम ब रेउले का २२, शंकर नेपाली का १० , धर्म रेउले का २० र मान ब राेकायाका भेडा १० गरि ८० भेडा मरेकाे प्रहरी चाैकी डिल्लिचाैर का प्रमुख बुद्दि साउदले जानकारि दिएका छन्।
बगालनै रित्ताे भएपछि भेडापालक चिन्तित भएका छन्। क्षतिपूर्ति का लागि उनिहरुले हारगुहार गरिरहेका छन्।राजधानी
प्रतिक्रिया दिनुहोस् !