१८ असार बारा । प्रधानमन्त्री शेरबहादु देउवाले विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको बताए।
सत्ता गठबन्धनका शीर्ष नेतासहित शनिबार प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणका लागि बारा आएका प्रधानमन्त्री देउवाले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताएका हुन्।
उनले दुई वटा रनवे सहितको विमानस्थल बनाइने भन्दै कम क्षतिमा जसरी पनि विमानस्थल बन्ने दाबी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको जिकिर गरे।
उनले सर्वोच्च अदालतबाट विमानस्थल अवरूद्ध गर्ने कुनै आदेश नआएको स्पष्ट पार्दै विमानस्थल बनेरै छोड्ने बताए।
यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउने विषयमा सर्वोच्च अदालतको फैसलाले बाटो खुलेको बताए।
प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेता आज बारा आएकाछन् ।
प्रतिक्रिया दिनुहोस् !