Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सशस्त्र प्रहरी बलले सातै प्रदेशमा खटायो उद्दार टोली

admin
admin
June 29, 2022
सशस्त्र प्रहरी बलले सातै प्रदेशमा खटायो उद्दार टोली
400
SHARES
ShareTweetSubscribe

१५ असार, काठमाडौं । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं उपत्यकाभित्र दुई स्थानमा राखिएको छ । त्यसबाहेक ७ वटै प्रदेशमा प्रदेश स्तरीय विपद् उद्दार टिम खटाइएको उनले बताए । खड्काका अनुसार १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति परिचालन गरेर तयारी अवस्थामा राखिएको छ । यसरी खटाइएकामध्ये ५६ जना गोताखोरको तालिम प्राप्त जनशक्ति छन् ।
विभिन्न क्षेत्रमा उत्पन्न हुनसक्ने प्रकोपको समयमा उद्दार गर्नका लागि उनीहरुलाई प्रदेश १ को सुनसरी, बागमतीको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको शमशेरगञ्ज र सुदूपश्चिमको कैलालीमा गरी ६ स्थानमा तयारी अवस्थामा राखिएको छ’ खड्काले भने । यसबाहेक सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्दारका आधारभूत उपकरणसहित २४ सै घन्टा उद्दार टोली तयारी अवस्थामा रहने व्यवस्था गरिएको खड्काले बताए ।उद्दारका लागि आवश्यक आधुनिक सामग्रीलाई प्रदेश स्तरीय विपद् उद्दार टिमले प्रयोग गर्ने गरी राखिएको छ । उपत्यकामा सिनामंगलस्थित २० नं. गणमा राखिएको खड्काले बताए ।

विशिष्टकृत तालिम नलिएका सशस्त्र प्रहरी कर्मचारीलाई पनि मनसुन लक्षित उद्दारका लागि समसामयिक विषयवस्तुमा अनुशिक्षण तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्र तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरुमा पनि आवश्यकता अनुसार तथालिम प्राप्त कर्मचारीहरु परिचालन गरिएको खड्काले बताए ।विभिन्न युनिटमा आवश्यकता अनुसार हेभी इक्युपमेन्टहरु पनि तयारी अवस्थामा राखिएका छन्’ उनले भने, ‘जिल्लागत रुपमा जोखिमयुक्त इलाका, स्थान, वस्ती लगायत अन्य महत्वपूर्ण संरचनाहरु पुल, राजमार्ग, लोकमार्ग लगायतको पहिचान गरेर राखिएको छ, जोखिमयुक्त समुदायलाई स्थानान्तरण गर्न परे तत्काल गर्न सकिने गरी योजना बनाइएको छ ।’
पानीजन्य विपद्बाट उद्दारका लागि २४ वटा युनिटबाट २६ जिल्लामा रेस्क्यू बोट र १० वटा जिल्लामा १० वटा मोटरबोट राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

विपद् जोखिम व्यवस्थापन प्राधिकरणले यसवर्षको मनसुनमा २० लाख जनसंख्या प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ । जिल्लागत र प्रदेशगत रुपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

प्राधिकरणका अनुसार प्रदेश १ मा मात्रै ५ लाख ७० हजार, मधेशमा ४ लाख ६५ हजार, बाग्मतीमा १ लाख ४६ हजार, गण्डकीमा १ लाख १९ हजार, लुम्बिनीमा ३ लाख ७९ हजार, कर्णालीमा ५ लाख ४९ हजार र सुदूपश्चिममा २ लाख ६३ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ । यस वर्ष २२ जेठमा मनसुन भित्रिएको छ र जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको प्रक्षेपण गरेको छ । नेपालमा वर्षभरिमा हुने वर्षाको करिब ८० प्रतिशत असार, साउन, भदौ र असोज गरी चार महिनामा हुने गर्छ ।अख

Post Views: 113
Previous Post

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध

Next Post

युवालाई प्रदेशमै रोजगारी सिर्जनाका लागि पहल भइरहेको छ : मुख्यमन्त्री राउत

admin

admin

Next Post
युवालाई प्रदेशमै रोजगारी सिर्जनाका लागि पहल भइरहेको छ : मुख्यमन्त्री राउत

युवालाई प्रदेशमै रोजगारी सिर्जनाका लागि पहल भइरहेको छ : मुख्यमन्त्री राउत

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.