१.तपाईले आफ्नाे परिचय दिनुपर्दा कसरी दिनुहुन्छ?
बाराकाे भाेडहाकाे मटेरियामा जन्मेकाे समाज परिबर्तन गर्न चाहने जुझारु र बिद्राेहि प्राैढ।
२.अचेल कता के मा ब्यस्त हुनुहुन्छ?
मेराे लफ्फाजिसँग ठुलाे घृणा छ,ब्यवहारमा केही नगर्ने तर प्रेमिकालाई फँसाउन आकाशका तारा ताेड्ने केन्द्रीय नेतृत्वसँग मतैक्यता गर्न सकिरहेकाे छैन ।
म अचेल सरसफाईका सामग्रि उत्पादन गर्दैछु,जस अन्तर्गत फस्ट टाईम ईन नेपालकाे सेरिज मा नयाँ नयाँ उत्पादन बजारमा ल्याउदैछु ।
नेपालमा मल उत्पादन हुदैन भन्ने श्रृँखलन टाेड्दैछु । थप मलकाे हाहाकारलाई कम गर्न पुरानाे प्रबिधि(गाेठेमल/खादर)लाई नयाँ प्रबिधिसँग सँयाेजन गर्दै द्रुत गतिमा काम गर्ने (मलले आफ्नाे उपस्थिति १४४ घण्टा भित्र देखाउने) प्राँगारिक मल ,जैबिक किटनाशक र ढुसिराेधककाे प्रयाेगात्मक परिक्षण पछि आउने आव ०७९/०८०देखि ब्यवसागिक उत्पादन शुरु गर्न जादैछ,”राजेश्वरि बायाे फर्टिलाईजर्स” मार्फत ।
३.तपाईं त राजनिति र पत्रकारिताबाट टाढिनु भयाे नि किन ?
यी दुई कुरा मेरा मस्तिष्कमा छन,समाज बदल्ने यी अचुक अश्त्र हुन। समाजका पढेलेखेका अगुवाहरु आफै बिकृत भैसकेका छन ,ती आफ्ना भ्रष्ट आनि -बानि, बाेलि-व्यवहार,साेच -बिचार मात्रै मा पनि परिबर्तन ल्याउन चाहदैनन तर गफ आमूल परिबर्तन काे हुन्छ।
आमूल परिबर्तनकाे खाँचाे छ,हाम्रा आन्दाेलन निर्णायक अवस्थामा पुग्नै दिईएन,गर्भपात गराईयाे ।
परिबर्तनकारि नेतृत्व आफै परिबर्तित भए,ब्यवस्था परिबर्तन भयाे जनताकाे अवस्था परिबर्तन भएन।नेतृत्व जनता प्रति,समाज र राष्ट्रप्रति कत्ति पनि सँबेदनशिल भएनन ।
सबैतिर बिकृति छायाे,पत्रकारिता गर्दा समाचारकाे श्राेतले दुरुपयाेग गर्याे,राजनितिमा कागकाे हुलमा बकुला हुने भईयाे तर पनि म टाढा गएकाे छैन सूक्ष्म निगरानि गर्दैछु,०४६ पहिलेका र त्यस यताका समाज,तेस्काे नेतृत्व ,तिनका बाेलिबिचार ब्यवहारमा आएकाे परिबर्तनलाई तुलनात्मक अध्ययन गर्दैछु ।
४.बर्तमान अवस्थामा राजनितिलाई कसरी मुल्याँकन गर्नुहुन्छ?
राजनिति अपवाद बाहेक लाजनिति भयाे,नेतृत्वले आफुलाई नेता बनाईरहन सकेनन,आशाराम बापु र रामरहिमहरुकाे बाेलबाला भयाे राजनितिमा ।
हामिले देशकाे लागि १/१ थान पृथ्वीनारायण ,महेन्द्र,लक्ष्मिप्रसाद,बिपि,पुष्पलाल,मनमाेहन र भारतिय अभियन्ता राजिव दिक्षित लाई जन्माउनु आवश्यक देखेकाेछु।म के कुरामा बिश्वस्त छु भने काँधमा बाेकेकाे कुकुरले मृग मार्न सक्दैन ।
आर्थिक सँकट झन भयाबह भएर आउदैछ,नेतृत्व बेखबर जस्ताे छ,हामिले बिलासिता त्यागाै,मितब्ययि जिवनशैलि अपनाउँ ।
मैले राजनिति लाजनिति भयाे भनिरहँदा सम्पुर्ण रुपले बर्बाद भयाे भन्ने हाेईन,म र मजस्ता थुप्रै राजनैतिक कार्यकर्ता सिपाहिहरु सूक्ष्म निगारानि गर्दैछाैं र गुनगुनाई रहेकाछाैं एक युगमा एक दिन एक फेर आउँछ……मरे भने फ्याकिएका जुरुक जुरुक उठ्नेछन ।
५.हतास र निरास भई बिदेश पलायन भैरहेका युवालाई के भन्नू हुन्छ?
मैले साह्रै समस्यामा परेर गएका बाहेकका युवालाई कायरकाे सँज्ञा दिन्छु,लड, भिड ,गर या मर यै देशमा।
अब के गर्ने भन्छाै?पुँजि छ सीप छैन,शिपमुलक तालिम लेउ,तालिम दिने निकाय भेटेनाै आउ सम्पर्कमा म तिमिलाई तिम्राे पुजि सुहाउदाे देशकाल सुहाँउदाे याेजना र प्रारम्भिक जानकारि दिन्छु ।मेसिन मात्रै हाेइन तिम्राे साेच पनि उध्याेष हाे भन्ने आँट गर ।साना ठुला गरेर ५०० भन्दा बढि उध्याेगका याेजना छन ।
राजनिति गरेर पेट पाल्ने(बेराेजगार नेता) भन्दा राेजगारयुक्त नेताले तुलानात्मक कम भ्रष्टाचार गर्छ तर आँखा कान मात्रै हाेईन देश सुधार्न समाज सुधार्न आवश्यक पर्छ भने हात खुट्टा र लठ्ठि समेत खुला राख।
६ याे उमेरमा यस्ताे बिद्राेहि स्वभाव किन?
.रमेशजि ,बहाव जब स्वभाविक रुपले अगाडि बढ्न पाउदैन भने बैकल्पिक बाटाे खाेज्छ।नेपालमा काेराेना भित्रीना साथ काेराेनाकाे लागि पहिलाे सेनिटाईजर बनाउने “म”(यस्लाई तत्कालिन ऐन अनुसार सम्बन्धित नबायमा बिधिवत दर्ता समेत गरेकाे थिएँ)। सत्तमा थियाे मेराे प्याराे पार्टी “एमाले” नेतृत्वमा हुनुहुन्थ्याे “केपि कमरेड”पार्टि नेतृत्वमा भएका केपि,माकुने,जेएन,भिम रावल कस्लाई मात्रै गुहारिन,कसैलाई ईमेल,कसैलाई टेलिफाेन तर ठुल्ठुला आश्वासन बाड्ने यी कुनै नेताले मेराे सलाम सुनेनन,के आशा र भराेसा गर्नु?एकजना नेताले त के सम्म भने भने तपाईकाे समस्या तपाईं आफै सँघर्ष गर्नुस।
बिपक्षि दलका साँसदलाई गुहारे,म समस्यामा छु गैरकानुनि हिसाबले मलाई समस्षामा पारिदैछ भने बिपक्षि दलका साँसदकाे कुरा सुन्नु भए हास्नुहुन्छ,उनले भने सम्बन्धित मन्त्री सँग मेराे राम्राे छ म व्यवहार बिगार्दिन।
भारतकाे उखुँ मिलले बनाएकाे सेनिटाईजर स्वस्थ्यकर हुन्छ यहाँकाे सम्बन्धित बिभागलाई,कहाँ कसरी प्याक गरेर पठाईदैछ थाहा नपाउने ठुलाे कुर्सिमा बस्ने घटिया साेच भएका भाडाका मजदुर हरुले अन्त्यत:मेराे उत्पादन बन्द गराएर सम्बन्धित बिभागले मालिककाे पाउमा सबै पैसा साेहाेरेर पठायाे।मैले किशाेरावस्था,युवावस्था केही नभनि घरमा, समाजमा बिद्राेह गरि गरि सत्तामा पुर्याएकाे पार्टिले मेराे पेटमा ललात मार्छ ,गर्धनमा छुरि चलाउछ भने म बिद्राेह नगरेर के “केपि बा आई लभ यु ” भनुँ?बरु भन्नै परे जनतनकाे जुझारु एकता जन्दावाद भन्छु,वीर शहिदलाई लालसलाम भनुला ।
७.अब कसरी कसमाथि आशा गर्ने?
हुन त याे गैर कानुनि अभिब्यक्ति ठहरिन गए सबैसँग क्षमा चाहन्छु तर पाँच बर्षमा आफुले पाएकाे जिम्मेवारी पूरा नगर्ने जाे काेहिलाई गाँउबाट पिटेरै लखेटाैं।गाउँ बस्नै नदिउँ ,फटाहा भ्रष्टहरुकाे आधार ईलाका नष्ट गराैं।गैर जिल्लामा राजनिति गरेकालाई बिर्सेर पनि मतदान नगराैं।सिद्धान्त र ब्यवहारमा तालमेल नभएका आशारामबापुहरु,रामरहिमहरुलाई पहिचान गराैं। एकताका बिश्वास गराैं,आफुलाई जस्ताे समस्या अरुलाई पनि हाेला महशुस गराैं।एकअर्काकाे सहयाेगले केही गराैं।खुर्सानि धनिया लहसुन,कागति जस्ता कुरा किन्न छाेडाैं किन्नै परे गाउघरकै ब्यवसायलाई बढावा दिउँ,आफ्नाे बल र एकतामा बिश्वास गराैं।
प्रतिक्रिया दिनुहोस् !