१४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका एकजना कर्मचारी मृत अवस्थामा भेटिएका छन् ।
कैलालीको मनिकापुर–७ घर भइ हाल काठमाडौंको टोखा–१० बस्दै आएका प्राधिकरणका इलेक्ट्रोनिक चौथो तहका कर्मचारी ४५ वर्षीय सलेन्द्र हमाल मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार रत्नपार्कस्थित विद्युत् प्राधिकरणको आराम गर्ने कोठामा उनी मंगलबार बिहान साढे ९ बजे मृत अवस्थामा भेटिएका थिए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । हालसम्म मृत्युको कारण नखुलेको एसपी मैनालीले बताए ।
प्रतिक्रिया दिनुहोस् !