१२ असार बीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरू हेरफेर गरेका छन् । नेकपा एकीकृत समाजवादीको सिफारिस बमोजिम प्रधानमन्त्री देउवाले मन्त्रीको हेरफेर गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।
एकीकृत समाजवादीले गत जेठ २२ मा चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनेका छन् भने शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसी बनेका छन् ।
प्रतिक्रिया दिनुहोस् !