११ असार बीरगञ्ज । कमाण्ड समालेको १० घण्टा न बित्दै तस्करिको लाइन दिए श्रीसियाका सप्रनि बिष्णु श्रेष्ठले बिहीबार राति करिब १ बजे तस्करहरूको एक समूहले पर्साको श्रीसिया नाकाबाट ठुलो परिणामको कपडा र चप्पल जुत्ता भित्र्याउन सफल भएका छन ।
शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट श्रीसियाका सप्रनि श्रेष्ठको सेटिंमा काम फते भएको एक कारोबारीले बताएका छन । सिमा नाकामा तस्करी नियन्त्रण र सन्तोषजनक काम गर्न न सकेको गुनासो पुगेपछि बिहीबार बोर्डर आउट पोष्ट श्रीसियाका सप्रनी अगम राईलाई तानेर सप्रनि श्रेष्ठलाई १२ नम्बर गणवाट पठाईएको छ । सिमामा कडाइ गर्नुपर्नेमा उनी पनि तस्करको अगाडी नतमस्तक भए ।
श्रोतका अनुसार तस्कर समूह मध्येका हरेन्द्रले प्रनि श्रेष्ठलाई आफूहरूले पहिला नै सबै ठाउँमा सेटिंङ गरि सकेकोले काम गर्न पाउनुपर्ने तर्क गरे पनि उनि मानेका थिएनन ।
केहिबेर मै उक्त नाकाबाट काम गर्ने आधा दर्जन कारोवारी पुगेर मुद्राको प्रभावमा पारेर बिहिबार राती करिब १६४ पोका मध्ये ३० पोका जुत्ता चप्पल र बाकि कपडा भित्र्याएको श्रोतको दाबी छ । त्यस वापत प्रति श्रेष्ठले मोटो रकम बुझेका थिए ।
प्रतिक्रिया दिनुहोस् !