Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नेकपा एमालेका जनप्रतिनिधि उपस्थित नभएपछि पछि जीतपुरसिमराको नगरसभा स्थगित

admin
admin
June 24, 2022
नेकपा एमालेका जनप्रतिनिधि उपस्थित नभएपछि पछि जीतपुरसिमराको नगरसभा स्थगित
450
SHARES
ShareTweetSubscribe

१० असार, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि सहभागी नभएपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । १ सय २५ जना नगर सभा सदस्य रहेकोमा शुक्रबार डाकिएको नगरसभामा ४५ जना मात्रै उपस्थित भएका हुन् । जीतपुरको बकुलिया माविको सभाकक्षमा एमालेका तर्फबाट निर्वाचित उपप्रमुख भोला अधिकारी सहित अन्य कार्यपालिका सदस्यहरु पुगे पनि उनीहरुले होहल्ला गरेका थिए । बिहान ११ बजे देखि नै सुरु हुने भनिएको नगरसभास्थलमा एमालेका कार्यपालिका सदस्यहरु दिउँसो २ बजेतिर दलबलसहित नगरसभास्थलमा पुगेका थिए ।<span;>वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ताले आफूसँगै नगरसभा सदस्य भन्दा बाहिरका व्यक्तिसमेत लगेर विवाद गरेको आरोप छ । एमालेतर्फका जनप्रतिनिधि ढिलो आउनुभयो, आएपछि पनि शान्तसँग बस्नुभएन, हो–हल्ला गर्न थाल्नुभयो, वडा अध्यक्षले आसेपासे समेत लिएर आउनुभयो, कुर्सीमा लात हान्नेसम्मको क्रियाकलाप भयो’, प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले भने ‘नगरसभामा आएर पनि उपस्थितिमा हस्ताक्षर गर्नुभएन, त्यसैले गर्दा गणपुरक संख्या पुगेन ।’ गणपुरक संख्या नपुगेकोले नगरसभा स्थगित गर्नुपरेको नगर प्रमुख राजन पौडेलले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा सञ्चालन नियमावली, २०७५ मा नगर पहिलो पटक आह्वान गरिएको सूचनामार्फत सभा सञ्चालन गर्न नगर सभामा तत्काल कायम रहेका सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित हुनुपर्ने उल्लेख छ । गणपुरक संख्या नपुगेमा दुई दिनभित्र नगर सभा बस्नेगरी सूचना जारी गर्नुपर्ने हुन्छ । फेरि सूचना गर्दा गणपुरक संख्या नपुगेमा कम्तीमा २५ प्रतिशत सदस्यहरुको उपस्थितिमा नगरसभा बस्न सक्ने व्यवस्था नियमावलीमा छ ।

नीति, कार्यक्रम तथा बजेटमा मेयर पौडेलले मनपरी ढंगले वडाका लागि बजेट विनियोजन गरेको भन्दै एमालेका कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

विगतमा एउटै वडाले ३ करोडसम्म पाएकोमा यसपटक २४ वटा वडाका लागि २८ करोड ३२ लाख रुपैयाँ मात्रै छुट्याइएको भन्दै एमालेका वडा अध्यक्षहरु असन्तुष्ट छन् । जीतपुरसिमराले १ अर्ब ५५ करोडको बजेट ल्याउने तयारी गरेको थियो ।<span;>वडा नं. २० का वडा अध्यक्ष रसुल मियाँले अझैसम्म पदभार ग्रहण गर्न नपाएकोमा नगर प्रमुख पौडेलले समन्वय नगरिदिएको भन्दै एमाले असन्तुष्ट छ । उपप्रमुख भोला अधिकारीले तयारी गर्नुपर्ने कुराहरु नगरिएकोले कार्यसम्पादन गर्न समस्या भएको बताए ।

Previous Post

जितपुर-सिमराका पुर्वप्रशासकीय अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

Next Post

हत्यामा संलग्न भएको आरोपमा १२ जना जेल चलान

admin

admin

Next Post
हत्यामा संलग्न भएको आरोपमा १२ जना जेल चलान

हत्यामा संलग्न भएको आरोपमा १२ जना जेल चलान

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.