८ असार काठमाण्डौ । सतागठबन्धनले नागरिकता विधेयक संसदबाट अघि बढाउने निर्णय गरेको छ।
बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनका दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विधेयक अघि बढाउन प्रस्ताव गरेका थिए।
बुवा र आमा नेपाली नागरिक भए पनि उनीहरूका सन्तान नागरिकताविहीन हुनुपरेको अवस्था अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय भएको हो।
बैठकमा सहभागी नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रक्रियाहरू पूरा गरेर विधेयक संसदमा अघि बढाउने निर्णय भएको जानकारी दिए।
आजको बैठकमा शान्ति प्रक्रियाका बाँकी प्रक्रियामा पनि चाँडै टुंग्याउने निर्णय भएको छ। कानुन मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रिया टुंग्याउने विषयमा अहिलेसम्म भएका विषयको प्रतिवेदन पेस गरेका थिए।
बैठकमा अहिले बढिरहेको महंगीबारे पनि छलफल भएको थियो। महंगीबारे सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने निर्णय भएको कार्कीले जानकारी दिए।
मन्त्रिमण्डल पुनर्गठनबारे भने आज छलफल नभएको उनले बताए।
प्रतिक्रिया दिनुहोस् !