७ असार काठमाण्डौ । भारतीय सांसद र राजनीतिक दलका नेता तथा विभिन्न गुप्तचर संघ संगठनका अधिकारीहरु खुुसुक्क काठमाडौं आउने क्रम बढेको छ । एकाध दिन यता बसेर फेरि त्यसैगरी फर्किने उनीहरुको बारेमा नेपाली अधिकारीहरु ‘औपचारिक’ रुपमा अनभिज्ञ देखिन्छन् ।
हिजो त्यसैगरी भारतीय राष्ट्रिय काँग्रेसका सांसद सत्यनारायण शर्मा काठमाडौं आएका छन् । उनी एयर इण्डियाको उडानबाट दिउँसो सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । शर्माको नेपाल भ्रमणबारे सरकारी अधिकारीहरुले केही बताएका छैनन् ।
हिजै केही दिनदेखि काठमाडौंमा बसेको इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (आइसिडब्लुए) को एउटा टोली नयाँ दिल्ली फर्केको छ । उक्त संस्थाको चीनसम्बन्धी कोर समूह र राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड (एनएसएबी) का सदस्य तथा ‘सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्राटेजी’ का अध्यक्ष जयदेव रानाडेसहित तीन जनाको टोली स्वदेश फिर्ता भएको हो ।
टोली एयर इण्डियाको उडानबाट दिउँसो साढे ३ बजे गएको विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरण सम्बद्ध ड्युटी अफिसरले बताए ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !