४ असार काठमाडाैं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी करिब १ हजार २ सय भन्दा बढी शेयर धनी सदस्य रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडको सातौं साधारण सभा सम्पन्न भएको हो ।
यसअघि नै संस्थाले गरेको प्राथमिक शेयर (आईपियो) निष्कासन गर्ने सम्झौता साधारण सभाले अनुमोदन गरेको छ। साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा.विजयकुमार पौडेलद्वारा प्रस्तुत आव २०७७/०७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
त्यस्तै, सभाले आव २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !