३असार काठमाण्डौ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास नहुने स्पष्ट पारेका छन्।
स्टेट पार्टसिप प्रागाम (एसपीपी) को विषयमा समितिमा भएको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री शेरबाहादुर देउवाले उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्न भनेर स्पष्ट पारिसकेको बताए।
उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु। कुनै पनि मुलुकको दवाव स्वीकारिदैन। यस सम्झौतमा हाम्रो असहमति छ,’ नेपालले बैठकमा भने।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कुटनीतिक मामिलामा ध्यान दिएर मात्र अघि बढ्नुपर्ने बताए।
कसैले ह्वीस्की खाएर नसामा कुनै कागजमा हस्ताक्षर गराउनसक्ने भन्दै त्यसबाट बच्न उनले आग्रह गरेका छन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेपालले यसबारे सजग हुन आग्रह गरेका हुन्।
स्टेट पार्टसिप प्रोगाम (एसपीपी) को विषयमा समितिमा भएको छलफलमा भाग लिँदै उनले भने, ‘यो विषयमा दबाब नै छैन भने त केही भन्नु छैन्। तर कहिलेकाँही मिठो पाराले फसाउन खोजिएको हुन्छ।’
उनले त्यसमा ख्याल गरेर अघि बढ्नपर्ने बताए। ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन्, कहिले दबाब दिएर, कहिले फकाएर थाहै नदिइकन, निदएको बेलामा ह्विस्की खाएर नसामा कागजमा सही गरिएला,’ नेपालले भने, ‘त्यसकारण ख्याल गर्नुहोला। कुनैपनि कुरामा नफसी, संस्थागत कुरामा ध्यान दिएर राष्ट्रिय हितमा लाग्नुपर्छ।’
नेपालले आफ्नो दल एकीकृत समाजवादी राष्ट्रियतको हित र सुरक्षा संवेदनशीलताको हिसाबमा दृढतापूर्वक उभिन्ने दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस् !