२असार बीरगञ्ज। बिहिबार बिहान शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलले नक्कली नोट सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको गोरखपुर निवासी २३ बर्षिय संजय सक्सेनालाई नक्कली नेपाली र भारतिय रकम सहित पक्राउ गरेको शसस्त्र प्रहरीले बताए । सक्सेनाको साथबाट नक्कली नेपाली रूपैया ५० हजार भारतिय रूपैया हजार र पाँचसय दरको ५० हजार गरि १ लाख ३१ हजार ६ सय साथबाट बरामद गरेको छ । शसस्त्र प्रहरी बाहिनी बर्दिबासलाई आएको सुचनाको आधारमा सक्सेनालाई रौतहटको बंकुलको एक चिया पसलबाट नियन्त्रणमा लिएर आवश्यक कार्यवाहिको लागि ईलाका प्रहरि कार्यालय बंकुलमा बुझाईएको छ।
प्रतिक्रिया दिनुहोस् !