३० जेठ बारा । बारामा खुकुरी प्रहारबाट एकजना घाइते भएका छन । घाइते हुनेमा कोल्हबी नगरपालिका वर्डा
नम्बर ५ बलुवाका अजय माझी रहेका छन । सोमबार करिब ८ बजे राती उनलाई जीतपुर सिमरा उपमहानगरपालिका बहडिलवाका पवन चौधरीले खुकुरी प्रहार गरी घाइते बनाएका हुन । माझीको टाउकोमा गम्भीर चोट लागेको र उनको उपचार जननायक अस्पताल कोल्हबीमा भइरहेको इलाका प्रहरी कार्यालय कोल्हबिका प्रमुख प्रहरी निरिक्षक सन्तोष कुमार दहालले बताए । खुकुरी प्रहार गर्ने चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रनि दाहालले बताए । खुकुरी प्रहार गर्नुको कारण अनुसन्धान पछि खुल्ने छ ।
प्रतिक्रिया दिनुहोस् !