३० बीरगञ्ज / पर्साको बहुदरमाई नगरपालिका वडा नंबर २ सिसियाडी बैरियाटोलका ४० वर्षिय राजेश रामको हत्यामा संलग्न रहेको आरोपमा उनको भिनाजु सहित पाच जना पक्राउ परेका छन् । राजेशको शव घाटीमा गम्छाले बेरेर हत्या गरिएको अवस्थामा गत शनिबार जगरनाथपुर गाउपालिका.वडा नम्बर .६ स्थित नारा खोलाको खोल्सा भित्र फालिएको अवस्थामा भेटिएको थियो ।
हत्यामा संलग्न रहेको आरोेपमा पक्राउ पर्नेहरुमा मृतक राजेशका भिनाजु जगरनाथपुर ६ का ४५ वर्षिय हिरामन महरा, हिरामनका भाइ ३६ वर्षिय रामबालक महरा, ४० वर्षिया बसन्ती देवी, ३५ वर्षिया सुनिता देवी र २२ वर्षिया रिंकु देवी रहेका छन् ।
प्रहरीका अनुसार , राजेश जेठ २४ गते जगरनाथपुर ६ स्थित दिदी भिनाजुको घरमा आएर बसेका थिए । दिदी भिनाजुको घरमा बसेका बेला राजेश भिनाजुकै परिवारका महिलासंग अनैतिक कृयाकलापमा लागेको भेटिएपछि गत शनिबार भिनाजु हिरामन , उनका भाइ रामबालक सहित ५ जनाले मिलेर राजेशको घाटीमा गम्छा बेरेर हत्या गरि शव खोल्सामा लगेर फालेको बयानका क्रममा खुलेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।
पक्राउ परेका पाचै जना विरुद्ध ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान ) मुद्धामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !