१७ मंसिर,बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्ति भएको २२औँ दिनमै प्रदेशसभामा राजीनामा घोषणा गरेका छन्।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको आदेश पालना गर्न आज प्रदेशसभामा उक्त कार्यसूची राखिएको थियो।
तर, मुख्यमन्त्री यादवले सम्बोधन सुरु गर्नेबित्तिकै प्रमुख विपक्षी ७ दलका ७३ जना सांसदहरू बैठक छाडेर बाहिरिएपछि विश्वासको मत प्राप्त गर्ने अवस्था नबनेको स्पष्ट भयो।
प्रतिपक्षको यो कदम र राजनीतिक समीकरणको असहजतालाई मध्यनजर गर्दै यादवले पदबाट राजीनामाको घोषणा गरेका हुन्, जससँगै प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ।









प्रतिक्रिया दिनुहोस् !