ईर्साद अन्सारी
१७ मंसिर,बारा । रौतहट प्रहरीले मंगलबार साँझ ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरी टोलीलाई देखेर खेत हुँदै भाग्न खोज्ने तीन जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जयप्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेका छन् ।
उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका डिएसपी तथा सूचना अधिकारी विष्णु प्रदिप बस्यालले दिएको जानकारीअनुसार नक्कली नेपाली नोट १,००० दरका ११८ थान (एक लाख अठार हजार रुपैयाँ बराबर) सहित एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यस घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !