१५ मंसिर,काठमाण्डाैं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई गैरसंवैधानिक ढंगले नियुक्ति भएको भनी ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।
आदेशअनुसार, मुख्यमन्त्री यादवले अब प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नुपर्नेछ; यदि उनले विश्वासको मत पाएमा मुख्यमन्त्रीमा निरन्तर रहनेछन् भने विश्वासको मत नपाएमा अर्को विकल्पको रूपमा प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस् !