४ मंसिर,काठमाण्डाैं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) ले वर्तमान अन्तरिम सरकारको विरोधमा काठमाडौंको नयाँबानेश्वरमा मसाल जुलुस आयोजना गरेको छ।
अनेरास्वियुका केन्द्रीय अध्यक्ष दीपक धामी ले सरकारले नेकपा एमालेका नेता कार्यकर्तामाथि योजनाबद्ध प्रतिबन्ध लगाएको र पूर्वघोषित कार्यक्रम केन्द्रित नेताहरूलाई सहभागी हुन विभिन्न षडयन्त्र गरेको आरोप लगाउँदै जुलुस निकालिएको जानकारी दिएका छन्।
उनले हालको सरकारलाई असंवैधानिक भएको भन्दै यो सरकारले संवैधानिक नियमहरूमा हस्तक्षेप गरेर अराजकता मच्चाएको बताए। संविधानले कल्पना गरेको दलीय व्यवस्थामाथि नै प्रहार भएको भन्दै अनेरास्वियुले सरकारले यस्ता गतिविधि तत्काल अन्त्य नगरे आन्दोलनका कार्यक्रमहरू अझ सशक्त रूपमा अघि बढाउने चेतावनी दिएको छ।









प्रतिक्रिया दिनुहोस् !