म.आफताब आलम
बागमति ब्युराे
४ मंसिर,काठमाण्डाै । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित सचिवालयमा जारी रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएअनुसार यो बैठक बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थितिबारे छलफल गर्न बोलाइएको हो।
यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा परिषद्को बैठक बसेको थियो। सिमरामा बुधबार जेनजी युवाहरूले एमालेका महासचिव शंकर पाेखरेल र युवा नेता महेश बस्नेत बारा जाने भएपछि विरोधमा उत्रिएर विमानस्थलमा तोडफोड गरेका थिए।
अवस्था तनावग्रस्त बनेपछि युवाहरूले सडकमा आगजनी समेत गरेका थिए। सोही कारण बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो र आज पुन: अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ।
यसै घटनाबारे ध्यानाकर्षण गराउँदै राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई ध्यानाकर्षण गराएको छ।









प्रतिक्रिया दिनुहोस् !