४ मंसिर,काठमाण्डाैं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ‘जेनजी आन्दोलन’को अपेक्षा पूरा गर्न नसकेको भन्दै बिहीबार २३ जेनजी समूहले सरकारलाई तत्काल फिर्ता बोलाउन र आफ्नो नेतृत्वमा नयाँ सरकार गठनमा मध्यस्थता गरिदिन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।
भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’को जगमा बनेको यस सरकारले ठूला भ्रष्टाचारकाण्डका संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई क्षतिपूर्ति दिनेजस्ता न्यूनतम अपेक्षाहरू समेत पूरा नगरेको जेनजी समूहको आरोप छ ।
ज्ञापनपत्रमा भनिएको छ कि विद्रोह केवल ‘अर्ली इलेक्सन’का लागि मात्र नभएकोले यदि सरकारले तत्काल विद्रोही पक्षको माग सम्बोधन गर्न सक्दैन भने यसलाई फिर्ता बोलाएर उनीहरूको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिसमक्ष मध्यस्थताको लागि निवेदन गरिएको छ।
ज्ञापनपत्र दर्ता गराउनेमा अधिकांश राजावादी जेनजी समूह रहेको पाइएको छ, र माग पूरा नभए वर्तमान सरकारविरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।









प्रतिक्रिया दिनुहोस् !