३० जेठ, बारा । जिल्ला समन्वय समिति बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित भएका छन् ।
निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै जिसस बाराको प्रमुखमा निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार साहले २० मत ल्याउँदा साहका निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकले ९ मत मात्र पाए ।
यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका थिए । यस्तै सदस्य पदमा जसपाको तर्फबाट क्रमशः प्रदिप केसरी, श्यामबाबु यादव, चन्देस्वर प्रसाद यादव, लोसपाबाट प्रभा देवी साह र उमादेवी चमार निर्वाचित भएका छन् । त्यस्तै एमालेबाट सुमित्रा देवी र नेशा खातुन निर्वाचित भएको जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !