ईर्साद अन्सारी
४ मंसिर,रूपन्देहि । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी र सङ्गठित अपराध अभियोगसम्बन्धी मुद्दामा आज (मंसिर ४ गते) उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पेसी तोकिएको छ।
गत हप्ता न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउने आदेश दिएपछि मिसिल अदालतमा आएसँगै पेसी चढाइएको उच्च अदालत बुटवलका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले जनाएका छन्।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनले जिल्लाको आदेशविरुद्ध भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
अदालतले लामिछाने (नख्खु कारागारमा रहेका) र जोशी (भैरहवामा रहेका) को मुद्दा एउटै साथ हेर्ने यसअघि नै आदेश दिएको थियो, जसअनुसार आजको सुनुवाइका लागि दुवै पक्षका कानुन व्यवसायीहरू बहसमा सहभागी हुन तयारी गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !