Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सीमा नाकाबाट फर्मालिनयुक्त भारतीय माछाको तस्करीले नेपाली अर्थतन्त्र र जनस्वास्थ्यमा गम्भीर खतरा

admin
admin
November 19, 2025
सीमा नाकाबाट फर्मालिनयुक्त भारतीय माछाको तस्करीले नेपाली अर्थतन्त्र र जनस्वास्थ्यमा गम्भीर खतरा

Oplus_16908288

600
SHARES
ShareTweetSubscribe

३ मंसिर,बारा । बारा जिल्ला र रौतहटको सिमानामा पर्ने अरुवा खोला नाका अवैध तस्करीको केन्द्र बन्न पुगेको छ । जहाँ भारतीय कुख्यात तस्करहरूले सुरक्षाकर्मीको मिलोमतोमा निर्बाध रूपमा भारतीय माछाको व्यापक तस्करी गरिरहेका छन् ।
विशेषगरी, कुख्यात तस्कर श्यामसुन्दर कुश्वाहाले राति २ पिकअप आन्ध्रप्रदेशबाट ल्याइएका मरेका माछाहरू जङ्गे पिलर ३५६ नजिकैबाट मोटरसाइकलको प्रयोग गरी नेपाल भित्राएको स्थानीयले बताएका छन्, जसले सुरक्षा प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

यी माछाहरूलाई आर्थिक कारणले गर्दा र लामो दुरीको ढुवानी (आन्ध्रप्रदेशबाट फ्रिजर गाडीमा ल्याउँदा १० देखि १२ दिन लाग्ने) का कारण मरेको लासलाई सड्नबाट बचाउन र ताजा देखाउन फर्माेलिन नामक रसायनको प्रयोग गरिएको हुन्छ।

फर्मालिन एक विषाक्त रसायन हो, जुन मुख्यतया शवहरूलाई सुरक्षित राख्न प्रयोग गरिने भए पनि यसको प्रयोगले माछालाई लामो समयसम्म ताजा देखाउँछ, तर मानव स्वास्थ्यका लागि यो अत्यन्तै हानिकारक छ।

फर्मालिनयुक्त माछाको उपभोगले दीर्घकालिन रूपमा क्यान्सर, मिर्गौला र कलेजोमा क्षति पुर्‍याउने, पाचन प्रणालीमा गडबडी ल्याउने र तत्कालै श्वासप्रश्वासमा समस्याजस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

भारतीय माछा नेपाली उत्पादनको तुलनामा सस्तो हुने भएकाले र तस्करहरूले पैसाको बलमा सीमा नाकाका सुरक्षाकर्मीलाई सजिलै प्रभावमा पारेर तस्करी गर्ने भएकाले यसले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ।

सोही तस्कर समूहले यसरी भित्र्याइएको हानिकारक माछालाई नेपालको राजधानी काठमाडौँ लगायत ठूला शहरहरू सम्म पुर्‍याउने गरेको छ। यसरी अवैध रूपमा सस्तो र हानिकारक माछाको आयात बढ्दा नेपाली माछा व्यवसायीहरू संकटमा परेका छन्।

जबकि नेपालमै उत्पादित माछाले देशको माग धान्न सक्ने क्षमता राख्दछ। तस्करीको यो सञ्जालबाट माछा मात्र नभई कपडा, सुर्तीजन्य पदार्थ, हार्ड वेयर र किराना सामग्री समेत मौलापुर, कटहरिया, विजयपुर, हरनहिया, सिम्रौनगढ, कोल्भी, बरियारपुर लगायतका बजारहरूमा दर्जनौं मोटरसाइकल प्रयोग गरी राति र बिहान बिना रोकटोक पुर्‍याउने गरिएको स्थानीयको भनाई छ, जसलाई तत्काल नियन्त्रण गर्नुपर्ने देखिन्छ।

Post Views: 31
Previous Post

सभामुख मण्डललाई पदमुक्त गर्न मधेश प्रदेशसभामा आज छलफल

Next Post

सिमरा विमानस्थलमा एमाले नेताहरूको आगमनलाई लिएर जेनजी युवाहरूको प्रदर्शन; बारा प्रशासनद्वारा कर्फ्यू आदेश जारी

admin

admin

Next Post
सिमरा विमानस्थलमा एमाले नेताहरूको आगमनलाई लिएर जेनजी युवाहरूको प्रदर्शन; बारा प्रशासनद्वारा कर्फ्यू आदेश जारी

सिमरा विमानस्थलमा एमाले नेताहरूको आगमनलाई लिएर जेनजी युवाहरूको प्रदर्शन; बारा प्रशासनद्वारा कर्फ्यू आदेश जारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.