ईर्साद अन्सारी
३ मंसिर,जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले गत कात्तिक २७ गते दर्ता गराएको प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ।
उपसभामुख बबिता राउत ईशरको निर्देशनमा बैठक डाकिएको हो, जसलाई मंगलबार ३२ जना प्रदेश सांसदले बैठक बोलाउन ज्ञापनपत्र बुझाएका थिए।
कानुनअनुसार एक साताभित्र सदनमा छलफल गर्नुपर्ने सो विषयमा प्रदेशसभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत सांसदहरूलाई बैठकमा सहभागिताका लागि सूचना पठाएको छ।









प्रतिक्रिया दिनुहोस् !