ईर्साद अन्सारी
२ मंसिर,बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ।
मंसिर २ गते मंगलबार कार्यालयबाटै पक्राउ पर्नेमा सर्भेक्षक (अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्।
छुट जग्गा दर्ता गरिदिने प्रयोजनका लागि विभिन्न बहाना बनाई उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको सूचना अख्तियारको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंलाई प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा खटिएको टोलीले घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।
नियन्त्रणमा लिइएका दुई कर्मचारीलाई थप अनुसन्धानका लागि अख्तियारको टोलीले काठमाडौंस्थित कार्यालयमा लगेको छ।









प्रतिक्रिया दिनुहोस् !