ईर्साद अन्सारी
१ मंसिर,काठमाण्डाैं । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।
रोयटर्स समाचार संस्थाका अनुसार, महिनौँ लामो सुनुवाइपछि उहाँलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा सोमबार दोषी ठहर गरिएको हो, जसमा हत्या र अपराध रोक्न नसक्नु लगायत ५ आरोपहरू समावेश छन्।
यो फैसला सार्वजनिक भएपछि देशभर हिंसा भड्किएको छ, जसको कारण सरकारले उच्च सतर्कता (हाई अलर्ट) घोषणा गर्दै ढाकामा १५ हजार प्रहरी परिचालन गरेको छ र उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ।
स्थानीय सञ्चार माध्यमले ढाकामा बस आगजनी भएको जनाएका छन्। फैसला आउनुअघि नै ७८ वर्षीया अवामी लीग नेतृ हसिनाले आफूमाथिका आरोपहरू झूटो भएको र नोबेल विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आफ्नो पार्टीलाई समाप्त गर्ने षड्यन्त्र गरिरहेको बताउनुभएको थियो।









प्रतिक्रिया दिनुहोस् !