Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

ठेक्का सूचना लुकाएर अनियमितता गरेको आरोपमा खानेपानी कार्यालय बाराका दुई कर्मचारीसहित चारजनाविरुद्ध मुद्दा दायर

admin
admin
November 16, 2025
ठेक्का सूचना लुकाएर अनियमितता गरेको आरोपमा खानेपानी कार्यालय बाराका दुई कर्मचारीसहित चारजनाविरुद्ध मुद्दा दायर

Oplus_16908288

700
SHARES
ShareTweetSubscribe

३० कार्तिक,बारा । ​अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाडौंले आज एक प्रेस विज्ञप्ति जारी गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदिप दास लाई बोलपत्रको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा सार्वजनिक नगरी मिलेमतोमा ठेक्का लगाई अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिएको छ।

अनुसन्धानका क्रममा आ.व. २०७९/०८० को स्वीकृत बजेट अनुसार बारा जिल्ला अन्तर्गत विभिन्न निर्माण कार्यको लागि २३ वटा बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम प्रकाशन गर्नुपर्नेमा सो नगरी, निमित्त डिभिजन प्रमुख यादव र लेखापाल दासले सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.का प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेल सँगको आपसी मिलोमतोमा उक्त बोलपत्र आह्वानको सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा प्रकाशन नगरी, ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी प्रभाव दैनिक पत्रिकाको एक प्रति मात्र प्रकाशित गराई झुट्टा बिल भरपाई लगायतका कागजातको आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि. लाई रु.३,१६,५७०/- (तीन लाख सोह्र हजार पाँच सय सत्तरी रुपैयाँ) (अग्रीम कर बाहेक) भुक्तानी गरेको भेटिएको छ।

प्रेस काउन्सिल नेपाल तथा प्रभाव पब्लिकेसन प्रा.लि.को पत्रबाट २०७९ फागुन २१ गतेको प्रभाव दैनिकको सक्कल प्रतिमा उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पुष्टि भएपछि, अख्तियारले यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूर भएको ठहर गरेको छ।

मुख्य कसूरदार किशोरी प्रसाद यादव र प्रदिप दास तथा मतियार बनेका निसान्त सिग्देल र सन्तोषराज खरेललाई बिगो रु. ३,१६,५७०/- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) र मतियारको हकमा दफा २२ बमोजिम कैद, जरिवाना र बिगो असूल उपर गर्न मागदाबी लिइएको विज्ञप्तिमा उल्लेख छ।

Oplus_16908288
Post Views: 19
Previous Post

मधेशकाे राजनैतिक किचलो: युवाहरूद्वारा प्रदेश सभा विघटन र प्रमुख शासनकाे माग

Next Post

आईसीटीको फैसलापछि बंगलादेशभर हिंसा: शेख हसिनालाई मृत्युदण्ड

admin

admin

Next Post
शेख हसिनाविरुद्धको फैसला : बङ्गलादेशमा सुरक्षा कडा, राजनीतिक तनाव उत्कर्षमा

आईसीटीको फैसलापछि बंगलादेशभर हिंसा: शेख हसिनालाई मृत्युदण्ड

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.