ईर्साद अन्सारी
३० कार्तिक,जनकपुरधाम । जनकपुरका स्वतन्त्र युवा समाजका युवा अगुवाहरूको एक समूहले मधेश प्रदेशको राजनीतिक किचलो र अस्तव्यस्ततालाई निकास दिन माग गर्दै प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग अघि सारेका छन्।
उनीहरूले आइतबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई पत्र बुझाउँदै सांसदहरूको लुछाचुँडीका कारण मन्त्रालय र कार्यालयहरू अस्तव्यस्त भएको र यसले देशको सार्वभौम सत्ता तथा राष्ट्रियतामा गम्भीर असर पारेको उल्लेख गरेका छन्।
युवाहरूले नेपालको संविधानको धारा २३२ को उपधारा ३ बमोजिम प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाई कम्तीमा ६ महिनाका लागि निलम्बन वा विघटन गरी स्वतन्त्र नागरिकस्तरको सरकार गठन गर्न तथा संघीयता संस्थागत गर्दै सुशासन कायम गर्न आग्रह गरेका छन्, साथै उक्त पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई अनुरोध गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !